कर्णाली प्रदेशका ६ जनाले कोरोनामुक्त भएका छन्।
दैलेखका १ जना र सुर्खेतका ५ जना शुक्रबार अस्तालबाट डिस्चार्ज भएका छन्। पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेले जानकारी दिए।
उनीहरूलाई पाँच बजे डिस्चार्ज गरिएको छ। पहिलो लट भएकाले उनीहरूलाई गाडीको व्यवस्था गरिएको डा. पौडेलले बताए।
‘पहिलो लट भएकोले उहाँहरूका लागि गाडीको व्यवस्था गरिदिएका छौं,’ डा. पौडेलले भने, ‘निको भएको भनेर ढुक्क हुन मिल्दैन, उहाँहरू घर गइसकेपछि होम क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।’
कर्णालीमा पहिलोपटक संक्रमित भेटिएका दैलेखका एक जना भने अझ निको भएका छैनन्। उनको पछिल्लो रिपोर्ट पनि पोजेटिभ आएकाले अबको एक हप्तापछि पुनः परीक्षण गरिने उनले बताए।