शनिबार कोरोनाभाइरसका तीन सय २३ जना संक्रमित भेटिएका छन्। उनीहरू दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन्।
देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। अब देशभर संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ।
कोरोना निको भएर ३२ जना शनिबार घर फर्केका छन्।