खोटाङकाे केपिलासगढी गाउँपालिका-२ मा एक वृद्ध दम्पत्तीमाथि खुकुरी प्रहार भएकाे छ।
खुकुरी प्रहारबाट ६५ वर्षीय श्रीमान् डिल्लीराज राईको ज्यान गएको छ भने ६२ वर्षीया उनकी श्रीमतीलाई उपचारका लागि काठमाडाैं ल्याइएकाे छ।
खुकुरी प्रहार गर्ने केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका ३६ वर्षीय शुभराज राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
‘खुकुरी प्रहार गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं,’ प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियाले भने, ‘के कारणले प्रहार गरेको हो भन्ने अनुसन्धान पछि मात्रै थाहा होला।’
प्रहरीले खबर पाउँदा श्रीमान्–श्रीमती दुबै घाइते अवस्थामा थिए।
उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी हुँदै गर्दा डिल्लीराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते उनकी श्रीमती सममायालाई कैलाश एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।