सर्लाहीमा मोटरसाइकलले एकै साथ पाँच जनालाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।
शनिबार राति पौने ८ बजे बरहथवा नगरपालिका-११ मा बाटोछेउ बसिरहेका पाँच जनालाई ना ५२ प ५६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा १४ वर्षीय जुगल मुखियाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। त्यस्तै अन्य चार जना घाइतेसमेत भएका थिए।
घाइतेहरूको उपचारका लागि एडभान्स सन्जिवनी अस्पताल बरहथवामा भइरहेको र एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
घाइते हुनेमा बरहथवा नगरपालिका-११ का ३५ वर्षीय सुरेन्द्र महतो, ३५ वर्षीय शम्भु मुखिया, २२ वर्षीय श्रवण मुखिया र ३२ वर्षीय देवेन्द्र पासवान छन्।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।