कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि स्पेनले आफ्नो उत्तर-पश्चिमी क्षेत्र गलिसियामा पुनः कडा लकडाउन लगाएको छ।
लकडाउनले त्यहाँका ७० हजार मानिस प्रभावित हुने बिबिसीले जनाएको छ।
आइतबारदेखि शुक्रबारसम्म यी क्षेत्रमा कामको सिलसिलामा रहेका मानिसलाई मात्र आवतजावतको अनुमति दिइने भएको छ।
एक दिन अगाडि क्याटोलोनिया क्षेत्रमा यसै किसिमको प्रतिबन्धको लगाइएको थियो।
यी क्षेत्रमा संक्रमण बढेको भएपनि राष्ट्रिय स्तरमा भने कोरोना नियन्त्रणमा रहेको छ।
स्पेनमा कोरोनाका कारण हालसम्म २८ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ।