दक्षिण एसियाली मुलुकहरूमा प्रतिदश लाख जनामा कोरोना भाइरसको परीक्षण गर्नेमा नेपाल तेस्रो स्थानमा छ। पहिलो स्थानमा माल्दिभ्स र दोस्रो स्थानमा भुटान छन्।
वर्ल्डोमिटरका अनुसार तेस्रो स्थानमा रहेको नेपालले प्रतिदश लाख जनामा १८ हजार ८ सय जनाको परीक्षण गरेको छ। कुल परीक्षण भने ५ लाख ४७ हजार जनाको गरिएको छ। जसमा १५ हजार ९ सय ६४ व्यक्ति संक्रमित छन्।
संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। चौथो स्थानमा रहेको भारतले प्रति दश लाख जनामा ७ हजार जनाको परीक्षण गरेको छ। कुल परीक्षण भने ९९ सय लाख जनाको गरेको छ।
भारतमा संक्रमित संख्या झन्डै सात लाख छ भने १९ हजार ७ सय जनाको मृत्यु भएको छ। पाँचौं स्थानमा रहेको पाकिस्तानले भने प्रतिदश लाखमा ६ हजार ४ सय जनाको परीक्षण गरेको छ।
१४ लाख जनाको परीक्षण गरिएको पाकिस्तानमा २ लाख ३१ हजार संक्रमित छन्। जसमा ४ हजार ७ सय जनाको मृत्यु भएको छ। यस्तै प्रतिदश लाख जनामा परीक्षण गर्नेमा बंगलादेश छैठौं र श्रीलंका सातौं स्थानमा छन्।
बंगलादेशले प्रति दश लाख जनामा ५ हजार २ सय जनाको परीक्षण गरेको छ भने श्रीलंकाले ५ हजार एक सय जनाको गरेको छ। बंगलादेशमा एक लाख ६५ हजार संक्रमित छन् भने श्रीलंकामा जम्मा २ हजार संक्रमित छन्। जसमा बंगलादेशमा २ हजार जनाको मृत्यु भएको छ।
श्रीलंकामा भने ११ जनाको मृत्यु भएको छ। परीक्षण धेरै गर्नेमा पहिलो स्थानमा रहेको माल्दिभ्स र दोस्रो स्थानमा रहेको भुटानले प्रतिदश लाख क्रमश १ लाख ३ हजार र ३३ हजार ४ सय जनाको परीक्षण गरेको छ।
माल्दिभ्समा संक्रमित संक्रमित संख्या २ हजार ४ हुँदा ११ जनाको मृत्यु भएको छ। भुटानमा भने जम्मा ८० जना संक्रमित छन्। जसमा कसैको पनि मृत्यु भएको छैन। कुल परीक्षण माल्दिभ्समा ५६ हजार जना र भुटानमा २५ हजार जनाको गरिएको छ।
यी दुई मुलुकमा दक्षिण एसियाका अन्य देशको जनसंख्याको तुलनामा निकै सानो छ। भुटानको जनसंख्या ७ लाख ७१ हजार छ भने माल्दिभ्सको जनसंख्या ५ लाख ४० हजार ६ सय १५ छ।