राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया वशन्ता गिरीको मंगलबार राप्ती नदीले बगाउँदा मृत्यु भएको हो।
गिरीको शव ११ किलोमिटर दक्षिण वडा नं. ३ मा फेला परेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार उनी बिहान ४ बजे घरबाट कसैलाई केही नभनेर घरबाट निस्किएकी थिइन्।
उनी भालुवाङस्थित राप्ती नदी पुलको आसपासबाट बगेको हुन सक्ने आशंका गरिएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।