सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुगेका छन्।
गएराति बाह्रविसे नगरपालिका वडा नम्बर ५ मा गएको बाढीपहिरोमा परी दुई जनाको मृत्यु र १६ जना सम्पर्कबाहिर भएपछि त्यहाँको अवस्था बुझ्न सभामुख सापकोटासहितको टोली हेलिकप्टर चढेर पुगेकाे हाे।
यसअघि बिहानै सभामुखसहितको टोली सिन्धुपाल्चोकतर्फ हेलिकप्टरमा उडे पनि मौसम अनुकुल नहुँदा काभ्रेबाट काठमाडौं फर्किएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब तीन घण्टा कुरेर पुन: सभामुखसहितको टोली सिन्धुपाल्चोक उडेका थिए।
सभामुख सापकोटा केहीबेरअघि जम्बु पुगेको उनको सचिवालयले जनाएको छ। जम्बुमा रहेका दुई जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।