अछामको ठाँटीमा बिहीबार एक जनाको शव फेला परेको छ।
शवको सनाखत हुन सकेको छैन।
तीन दिनअघि बाजुराकोे बुढीगंगा नगरपालिका– २ का १८ वर्षीय प्रताप थापा बुढीगंगा नदीको द्वारी खोलामा डुबेर बेपत्ता भएका थिए।
उनकोे खोजीका लागि जिल्ला प्रहरी र सशस्त्र प्रहरी परिचालित छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले टोली शव लिन गइरहेको बताए।
उनले शव कसको भन्ने यकिन भइनसकेको जानकारी दिए।