प्रधनमन्त्री निवास बालुवाटारमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठक बसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासहित मन्त्रीहरू र सरोकारवाला पक्षलाई बैठकमा डाकेका हुन्। शनिबार बसेको बैठकमा बाढीपहिरोलगायत विपद् जोखिम र व्यवस्थापनबारे छलफल भएको हो। बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।
सिन्धुपाल्चोक, कास्की, लमजुङ, म्याग्दी, पर्वतलगायत ठाउँमा अविरल वर्षापछि बाढीपहिरोले जनधनको क्षति भएको छ। सिन्धुपाल्चोक, म्याग्दीमा पहिरोमा पुरिएकाहरूको खोजि कार्यमा ढिलाइ भइरहेको छ।