कैलालीमा लागुपदार्थ कारोवारमा संलग्नलाई प्रहरीले प्रक्राउ गरेको छ।
शुक्रवार बिहान ३ ग्राम ७०० मिलिग्राम लागुऔषध (खैरो हिरोईन) सहित २ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो।
टीकापुर नगरपालिका वडा नं.१ ब्यवसाय क्षेत्र बस्ने वर्ष २८ का शंकर भन्ने छत्रबहादुर साउद र वडा नम्वर ६ नारायणपुर बस्ने वर्ष ३६ का मुकेश रावल पक्राउ परेका हुन्।
उनीहरुहरुले घरमा लुकाइछिपाइ लागुपदार्थ कोरावार गर्छन् भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।