कर्णाली नदीमा हामफालेका एक जना बेपत्ता भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका ३ को कामेश्वर मन्दिर पूर्वतर्फ कर्णाली नदी किनारबाट हाम फालेका एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
शनिबार बिहान केही स्थानीयले नदीमा हाम फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
ती व्यक्ति कर्णालीमा पसेको ठाउँबाट अछाम बाजपानी २ ठेगानाको ६२ को सर्पे जैशीको नामको नागरिकतासहित झोला, जुत्ता र कपडा फेला परेको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
उनको खोजी कार्य भइरहेको छ।
कर्णालीमा पानीको बहाव बढेको र धमिलो पानी रहेकाले खोजीमा कठिनाइ रहेको विष्टले जानकारी दिए ।