नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवाका लागि सिफारिसमा परेका छन्।
गृह मन्त्रालयले रिक्त दुई पदका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको छ।
बढुवा सिफारिस समितिले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो।
शाही र कार्की अहिलेका आइजिपी शैलेश थापा क्षेत्रीका ब्याची हुन्।
दुबै जना कार्यकुशलताको हिसावले अहिलेसम्म विवादमा परेका छैनन्। कुनै उजुरी नपरे उनीहरूले एक साताभित्र दर्ज्यानी चिह्न लगाउने छन्।