ललितपुरको झम्सिखेलमा बिहीबार तीन वटा सवारी ठोक्किँदा एक जना घाइते भएका छन्।
बिहीबार दिउँसो भनिमण्डलबाट झम्सीखेलतर्फ जाँदै गरेको बा ८ च ७२५६ नम्बरको कारको टायर पञ्चर भएर विपरीत दिशाबाट आउँदै गरेको बा ११ च ११७० नम्बरको कारसँग ठोक्किए थियो।
सोहीबेला पछाडिबाट आउँदै गरेको प्रदेश २-०३-००३ प ६८३४ नम्बरको मोटरसाइकल पनि ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटना हुँदा मोटरसाइकल चालक प्रशान्त श्रेष्ठ सामान्य घाइते भएका छन्।
उनको अल्का अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालय जावलाखेलका प्रहरी नायब निरीक्षक सुवास देउवाले बताए।