कैलालीमा नदीमा बगेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३ श्रीलंकामा पौडी खेल्न गएका बेला आइतबार मोहना नदीमा बगेका उनीहरूको मगलबार शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव भेटिएको बताए।
उनीहरूको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ।