ललितपुरको भैंसेपाटीमा एक जना पुरूष मृत फेला परेका छन्।
मंगलबार मध्यान्ह १२ बजे ललितपुर महानगरपालिका-२५ भैंसीपाटी फूलबारी मार्ग जाने बाटो नजिकैको एक घरमा पुरूषको शव फेला परेको हो।
अन्दाजी ५५-५६ वर्षीय पुरूषको पहिचान हुन नसकेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ।
उक्त शव आनन्द श्रेष्ठको निर्माणाधीन घरको ग्राउण्ड फ्लोरमा फेला परेको हो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ।
शवको पोष्टमार्टमको लागि पाटन अस्पताल पठाइएको छ।