प्रहरी आचरणविरूद्ध कार्यमा संलग्न रहेका एकजना प्रहरी सहायक निरीक्षक निलम्बनमा परेका छन्।
प्रहरी आचरणविपरीत काम गरेकै कारण प्रहरी गण गुल्म नं. ३ जनकपुरधाममा दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश सहनीलाई निलम्बन गरिएको २ नम्बर प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक अंशु कुमार सिंहले जानकारी दिए।
सहनीको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यवसायिक नीतिविरूद्ध यथेष्ट प्रमाण भेटिएकाले उनलाई प्रहरी सहायक निरीक्षकलाई निलम्बन गरिएको सिंहले बताए।
उनलाई आर्थिक अनियमिततामा संलग्न भएको कारणले निलम्बन गरिएको प्रहरी प्रवक्ता सिंहले बताए।