कञ्चनपुरमा आइतबार घरभित्र मृत भेटिएकी महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
बेलडाँडी गाउँपालिका वडा नम्बर २ की २६ वर्षीया दुरा धामीलाई ३६ वर्षीय श्रीमान तारा धामीले शनिबार राति मदिरा सेवन गरी कुटपिट गरेर हत्या गरेको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।
सोमबार मृतक महिलाका बुवाले छोरीको हत्या भएको जाहेरी दिएको आधारमा उनका श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
शनिबार घरमा झगडा र कुटपिट भएको भन्ने खबर आएपछि प्रहरी आइतबार बिहान घटनास्थलमा पुगेको थियो। प्रहरी टोली पुग्दा ती महिला मृत फेला परेकी थिइन्। मृतक महिलाको पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ।