बाजुरामा एक गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।
जगन्नाथ गाउँपालिका वडा नम्बर ३ की २१ वर्षीया संगीता भण्डारीको हेलिकप्टरमार्फत् उद्धार गरी सुर्खेत लगिएको हो।
पेटमा दुई बच्चा भएकाले सुत्केरी गराउन समस्या भएर राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् हवाई उद्धार गरी सुर्खेत पठाइएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।
सुत्केरी हुन स्वास्थ्य चौकी आएकी ती महिलाको एक बच्चा मृत जन्मेको र अर्को बच्चाको जन्म हुन नसकेको स्वास्थ्यकर्मीलाई उदृत गर्दै गैह्रेले बताए। त्यसैले हेलिकप्टरमार्फत् उद्धार गरिएको उनले बताए।