बाँकेको ग्लोबल आइएमई बैंकका १३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
त्यस्तै कोहलपुर मेडिकल कलेजका एक चिकित्सकसहित ७ जना पनि कोरोना संक्रमित पाइएको बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
'ग्लोबल आइएमईका १३ जना कर्मचारी, कोहलपुर मेडिकल कलेजका चिकित्सकसहित ७ जना र अन्य गरी बाँके जिल्लाका २६ जनामा कोरोना संक्रमण देखिएको छ,' बाँके कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाले भने केही सैनिकमा पनि कोरोना देखिएको बताए।
उनका अनुसार भेरी अस्पतालमा जाँच भएका बाँके, दाङ र सुर्खेत समेत गरी ५९ पोजेटिभ आएको हो।
बाँकेका २६ जना भए पनि बाँकी दाङ र सुर्खेतका रहेको उनले बताए।