सप्तरीमा एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का ७२ वर्षिय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजका निमित मेडिकल सुपरिडेंट डाक्टर रंजित झाले जानकारी दिए।
करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डाक्टर झाले बताए।
मृतक थाइराईड तथा मुटु सम्बन्धित रोगी रहेको झाले बताए।
मृतकको कुनै ट्राभेल हिस्ट्री नभएको उनको भनाइ छ।
सप्तरीको राजविराजमा समुदाय स्तरमा कोरोना फैलिसकेको छ भने अहिले राजविराज सहित सप्तरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।