सल्यानमा १२ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको शारदा नगरपालिका वडा नं. ६ बरला निवासी २७ वर्षीय प्रकाश परियार छन्।
परियारमाथि जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ३ घर भई हाल शारदा नगरपालिका वडा नं. ६ बरलामा बस्दै आएकी १२ वर्षीया एक बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोप लागेको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार परियारले ती बालिकालाई साउन २५ गते बेलुका ८ बजेतिर शारदा नगरपालिका वडा नं. ६ स्थित दौरेडाँडा भन्ने ठाउँमा लगेर जबरजस्ती बलात्कार गरेका थिए।
प्रहरीमा परेको जाहेरीका आधारमा परियारलाई मंगलबार पक्राउ गरिएको डिएसपी खतिवडाले जानकारी दिए।
परियारलाई थुनामा राखेर अनुसन्धान गर्नका लागि मंगलबार नै जिल्ला अदालत सल्यानले आदेश दिएको छ।