धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।
मोरङ स्थायी घर भएका पुरूषको बुधबार राति १ बजेर २० मिनेट जाँदा मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।
‘रूघाखोकी, श्वासप्रश्वासमा समस्या भएको, ज्वरो आएको सिकिस्त बिरामी २६ गते भर्ना हुनुभएको थियो,’ प्रवक्ता सापकोटाले भने, ‘लक्षण बुझ्दा कोरोना शंका लागेपछि स्वाब लिएर छुट्टै उपचार गरेका थियौं।’
मृतकको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले बताएको छ।
योसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
उनका अनुसार अस्पतालमा १ सय १ जना बिरामी उपचाररत् छन्।