धनुषामा दुई मोटरसाइकल आपस ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
गएराति धनुषाको महेन्द्रनगरबाट जनकपुरधाम आउने क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलियामा दुई मोटरसाइकल आपस ठोक्किँदा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वकिल टोलका २२ वर्षीय अशोक यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
अशोक सवार लु ५६ प ५७ नम्बरको मोटरसाइकल र लु ६१ प ७७६८ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई ठक्कर दिँदा अशोक गम्भीर घाइते भएका थिए। घाइते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।
घाइते दुईको अवस्था मध्यम रहेको र दुवै जनाको उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ।