ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
ती वृद्धको आइसियुमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
बारा कलैया घर भएका ७७ वर्षीय पुरूषलाई त्रिवि शिक्षण अस्पतालले किस्ट ‘रिफर’ गरेको थियो।
ती वृद्धलाई गत साउन २६ गते अस्पताल भर्ना गरिएको किस्ट अस्पतालका सिओओ अमिस पाठकले जानकारी दिए।
‘खुट्टा भाँचिएको, चक्कर लाग्ने समस्याले उहाँ अस्पताल आउनु भएको थियो, मुटुको रोग पनि रहेछ,’ सिओओ पाठकले भने, ‘हामीले छुट्टै राखेर उपचार गरेका थियौं आज बिहान मृत्यु भयो।’
मृत्यु भइसकेपछि उनमा कोरोना पोजेटिभ देखिएको पाठकले बताए।
बुधबार नै किस्ट अस्पतालमा टेकुकी ७८ वर्षीय महिलाको पनि मृत्यु भएको थियो।