सुनसरीमा एकै दिन १९ जना संक्रमित थपिएका छन्। जसमा विभिन्न वडाहरूका १० जना पुरूष र ३ जना महिला रहेको इटहरी उपमहानगरपालिकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
त्यस्तै दुहवी नगरपालिकाका एक, धरान उपमहानगरपालिकाका एक, बराह क्षेत्र नगरपालिकाका एक जना र रामधुनी नगरपालिकाका एक गरी १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सुनसरीकी जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन्।
इटहरी उपमहानगरले भने परीक्षणको दायरालाई बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको जनाएको छ।
संक्रमितसँग सम्पर्कमा आएका उपमाहानगरका जनप्रतिनिधि र कर्मचारी साथै वडाका भीडभाड हुने ठाउँका व्यक्तिहरूको स्वाब संकलन गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा बिहीबार एकै दिन १३ जनाको कोरोना पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ।
संक्रमण देखिएका सबै स्थानीय भएको पनि उपमहानगरको विज्ञप्तिमा उल्लेख छ। १३ जना थपिएपछि इटहरीमा ४५ जना कोरोना संक्रमित पुगेका छन्। सुनसरी जिल्लाभर भने अहिलेसम्म २ सय ५७ जनामा संक्रमण देखिएकोमा १ साय २८ जना निको भएका छन्।