प्रधानसेनापति पुर्णचन्द्र थापाले उपरथी पदमा बढुवा भएका विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
गत साउन २६ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सहायक रथी पदबाट उपरथी पदमा बढुवा भएका पाण्डेलाई आज जंगी अड्डामा एक कार्यक्रमका बीच प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह दिएका हुन्।
उपरथी पाण्डेलाई उत्तर पश्चिम पृतना हेडक्वार्टर पृतनापतिको जिम्मेवारी दिइएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।