नागरिकता जालसाझी मुद्दामा फरार रहेका एक जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।
नरैनापुर गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय लासरिक खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुवाश खड्काले बताए।
यसअघि नै बाँके जिल्ला अदालतले खाँलाई नागरिकता जालसाझी मुद्दामा दोषी ठहर गर्दै ५० हजार जरिवाना तोकेको थियो।
अदालतवाट कैद र जरिवाना तोकेपछि फरार रहेका उनलाई शुक्रबार सुईया प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको उनले बताए।