गोरखाको पालुङटार नगरपालिका एक साताका लागि शिल गरिएको छ।
घरमै रहेकी पालुङटार नगरपालिका ४ की एक जना ३२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमै कोरोना फैलिएको हुन सक्ने भन्दै नगरपालिका शिल गरिएको हो।
मेयर दीपकबाबु कँडेलका अनुसार साउन ३२ देखि भदौ ७ सम्म नगरपालिकाभर लागू हुने गरी अत्यावश्यक सेवाबाहेक अन्य सबै कार्यालय र आवतजावत बन्द गरिएको हो।
खाद्यान्न र तरकारी पसल बिहान ६ देखि १० बजेसम्म र बेलुकी ४ देखि ६ बजेसम्म खोल्न पाइनेछ। मास्क नलगाई हिड्नेलाई पक्राउ गरी २० रूपैयाँ जरिवाना लिने उनले बताए।
हेर्नुस् विज्ञप्ति: