धनुषामा सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा आज एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नम्बर २ धरमपुरका १९ वर्षीय विजयकुमार यादव रहेको धनुषा प्रहरीले जनाएको छ।
गत भदौ १ गते साँझ ६ बजे १६ वर्षीया एक जना किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। धरमपुरस्थित धान खेतमा लगेर ती किशोरीउपर चार जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
आफ्नी दिदीको घर जाँदै गरेकी ती किशोरीलाई मोटरसइकलमा आएका चार जना युवकको समूहले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। किशोरीको साथमा रहेका उनका दाजु पर्ने दुई जनालाई ती युवकहरुले कुटपिट गर्दै घर पठाएर किशोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ।