वीरगञ्जमा 'एक घर, एक परीक्षण' नीतिलाई फेरि सुरू गरिने भएको छ।
गत साउन १२ गते उक्त नीति अनुसार वीरगञ्जमा एक महिनाभित्र ५० हजार जनाको परीक्षण गर्ने भनिए पनि त्यसले निरन्तरता पाउन सकेन।
अहिले फेरि सोही नीति अनुसार समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन परीक्षण अगाडि बढाइने भएको छ।
वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सेतोपाटीसँग भने, 'हामीले एक घर, एक परीक्षण गर्ने भनेर सुरू पनि गरेको हो। तर पछि जिल्ला प्रशासनबाट सहयोग नहुँदा बीचमै रोकियो। अब फेरि यसलाई सुरू गर्दैछौं।'
वीरगञ्जमा 'एक घर, एक परीक्षण' नीतिलाई फेरि सुरू गरिने भएको छ।
उनले यसरी परीक्षण गर्दा परिवारले सिफारिस गरेका सदस्यको स्वाब लिइने बताए।
वीरगञ्जमा संक्रमण समुदायस्तरमै फैलिएको भन्दै यो कुन अवस्थामा छ भनेर यकिन गर्नलाई यो परीक्षण नीति अघि सारिएको उनले जनाए।
यसले आगामी दिनमा संक्रमण नियन्त्रणका लागि कस्तो कदम चाल्ने भन्नेमा मार्गदर्शन गर्ने पनि बताए।
'यसरी परीक्षण गरेपछि हामी एउटा निचोडमा पुग्छौं। समुदायमा संक्रमण कुन अवस्थामा छ भन्ने कुरा थाहा हुन्छ। त्यसैले हामीलाई पनि सोही अनुसार आगामी नीति तय गर्न सहज हुन्छ,' मेयर सरावगीले भने।