कञ्चनपुरमा कार्यालयमै प्रहरी कर्मचारीमाथि कुटपिट भएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको कार्यालयमै आएर स्थानीयले प्रहरी निरीक्षकसहित कर्मचारीमाथि कुटपिट गरेका हुन्।
‘बाहिर चौतारोमा तास खेलिरहेका ६/७ जनालाई पक्राउ गरिएको विषयमा विवाद भएपछि स्थानीयले इन्स्पेक्टर वकिल सिंहसहितका कर्मचारीमाथि हातपात गर्दै र ढुंगा प्रहार भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार उनीहरुलाई पक्राउ गरिएको विषयलाई लिएर हातपात भएको बताए।
‘केही प्रहरी कर्मचारी समान्य घाइते भएका छन् र केहीको बर्दी च्यातिएको छ’ उनले भने। प्रहरीमाथि आक्रमण भएको घटनाबारे अनुसन्धान भइरहेको थापाले बताए।