प्रहरीले चार वटा अवैध बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार पुतलीबजार नगरपालिका ७ मोहरिया झग्रीडाँडा बस्ने ६९ वर्षीय भिमबहादुर ठकुरी र ६० वर्षीय ओम बहादुर हमाललाई पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले अवैध तीन वटा भरूवा बन्दुक र एक १२ बोर बन्दुक बरामद गरेको हो।
उनीहरूविरूद्ध प्रहरीले थप अनुसन्धान थालेको छ। उनीहरूमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूविरूद्ध जिल्ला अदालतबाट दिन २५ हिरासतमा राखि अनुसन्धान गर्न म्याद थप गरेको छ।