बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले रुपा गाउँपालिका-५ देउराली बस्ने ५८ वर्षीय केशबहादुर गुरुङलाई आइतबार पोखरा महानगरपालिका-६बाट पक्राउ गरेको हो।
उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई दण्डहिनता बिरुद्धको अभियान अन्तर्गत उच्च अदालत पाटनले २०७६ चैत १० गते ५० लाख जरिवाना र ६ दिन कैद सजाय सुनाएको थियो।
त्यस दिन देखि फरार गुरूङलाई पक्राउपछि सजाय भुक्तानीको लागि कारागार पठाइएको प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिए।