सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचाररत् कैलालीकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको बुधबार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
'ती महिलामा निमाेनियाकाे कारण श्वासप्रश्वासमा निकै समस्या थियो ,´ उनले भने। भदौ १७ गते संक्रमण पुष्टि भएकी ती महिलामा कडा खालका लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई भेन्टिलेटरमा राखेर रेम्डेसिभिर औषधि समेत प्रयोग गरी उपचार गरिँदै थियाे । योसँगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १२ पुगेको छ।