ज्वरो आएर ओम अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य सुधार हुँदै गएको छ।
कांग्रेस महामन्त्री कोइरालाको ज्वरो नियन्त्रणमा आइसकेको र अक्सिजनको जरुरी समेत नपरेको अस्पताल श्रोतले सेतोपाटीलाई बतायो।
'उहाँले हिजै स्यान्डविज र जुस खाइसक्नुभएको छ। आइसियुमा राखेर उपचार गरेकाले अक्सिजन स्ट्याण्डाबाइ राखिएको हो। अहिले दिन परेको छैन', अस्पताल श्रोतले भन्यो,'कोरोनाको समेत संक्रमण भएकाले आइसीयुको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको हो। अवस्था हेरी आजै डिस्चार्ज गर्नसक्ने संभावनापनि छ। १२ बजे चिकित्सकहरुले हेरेपछि यसबारेमा निर्णय हुन्छ होला।'