चितवन मेडिकल कलेजमा उपचाररत् रौतहटकी एक महिलाको मृत्यु भएको छ।
चन्द्रनिगाहापुर-५ की ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको हो।
अस्पतालका अनुसार उनी निमोनिया भएर भदौ २८ गते भर्ना भएकी थिइन्। २९ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनी उच्च रक्तचापकी बिरामी पनि थिइन्।