दुई किलो चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
चन्द्रागिरी नगरपालिका-१२ इन्द्रचोकबाट दुई किलो चरेससहित सोही ठाउँ बस्ने मकवानपुर थाहा नगरपालिका-७ का २३ वर्षीय सुनिन्द्र स्याङताङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्याङताङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा चरेस फेला पेरको हो।
स्याङताङमाथि लागुऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।