रोल्पामा नौ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ परेका छन्।
रोल्पा थवाङ गाउँपालिका वडा नं. २ ठूलो गाउँ निवासी ३६ वर्षीया विन ज्योति रोका र सोही ठाउँकी ४५ वर्षीया मुली झाँक्रीको साथबाट नौ किलो ८२ ग्राम अफिम बरामद भएको रोल्पा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए।
उनीहरूलाई सोमबार बेलुकी गाउँपालिका वडा नं. २ छेर्लावाङबाट नियन्त्रयणमा लिइएको खड्काले सेतोपाटीलाई बताए।
‘लागुऔषध ओसारपसार भइहेको भन्ने गोप्य सूचनाको आधारमा मेरै कमाण्डमा प्रहरी टोली खटिएको थियो,’ खड्काले भने ‘ टेर्लावाङको गोरेटो बाटोमा उहाँहरूले बोकेको झोला खान तलास गर्ने क्रममा उक्त परिमाणमा बरामद भएको हो।’
रोकाले बोकेको झोलामा पोकावारी बाँधेको अवस्थामा ६ पोका प्लाष्टिकमा फेला परेको अफिम तौल गर्दा ४ किलो ९३५ किलोग्राम फेला परेको थियो।
त्यस्तै, झाँक्रीको झोलाबाट प्लाष्टिकमा पोको पारी राखेको ६ पोका अफिम बरामद भएको र त्यसको तौल गर्दा ४ किलो ८८५ ग्राम तौल रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले बताए।
उनीहरूको साथबाट तराजु र केही सिक्का समेत बरामद भएको उनले जानकारी दिए।
पक्राउ परेकाहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेको र उनीहरूलाई लागुऔषध कारोबारसम्बन्धी मुद्दा चलाएर कारबाही गरिने प्रहरी निरीक्षक खड्काले बताए।