काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उपत्यकामा ६ सय ४७ जनामा संक्रमण देखिएको हो।
त्यसमध्ये काठमाडौंका ५ सय ११, भक्तपुरका ६३ जना र ललितपुरका ७३ जनामा संक्रमण देखिएको हो।
मंगलबार मात्रै नेपालभर थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ।
यसको संक्रमणबाट मंगलबार दुई जनाको मृत्यु भएको छ। त्यसमध्ये एक जना काठमाडौंका हुन् भने अर्का मकवानपुरका छन्।