सुनसरीबाट प्रहरिले एक लाख बराबरको ८० बोरा केराउ बरामद गरेको छ।
विशेष सूचनाको आधारमा मंगलबार खटिएको टोलीले देवाजगंज नगरपालिका-६ बाट भारततर्फ लैजाँदै गरेको ८० बोरा सेतो केराउ बरामद गरेको हो।
भारततर्फ जाँदै गरेको को १ च ८३६० नम्बरको पिकअप गाडी सीमा क्षेत्रमा प्रहरीले चेकिङ गरेको थियो। सो चेकिङको क्रममा प्रहरीले प्लाष्टिकले छोपेर राखेको केराउ फेला पारेको हो।
सुनसरी प्रहरी कार्यालयका अनुसार उक्त केराउ एक लाख बराबरको छ।
बरामद गरिएको मटर, पिकअप गाडी र चालकलाई थप कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी व्यारेजमा बुझाइएको छ।