सल्यानमा शुक्रबारदेखि पुनः निषेधाजा जारी गरिएको छ।
स्थानीय प्रशासनले शुक्रबारदेखि लागू हुने गरी जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।
जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको भन्दै त्यो रोकथान तथा नियन्त्रण गर्न निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए।
निषेधाज्ञाको अवधिमा खुला स्थानमा मानिसहरू भेला हुन, सभा, सम्मेलन तथा जुलुस, जात्रा गर्न पाइने छैन।
त्यस्तै, मठ, मन्दिरमा भीडभाड गर्न, शैक्षिक संस्था सञ्चालन गर्न पनि बन्देज लाग्ने गर्छ।