मकवानपुरमा खोलाले बगाउँदा एक वृद्ध दम्पत्तिको मृत्यु भएको छ।
आइतबार बिहान साढे ११ बजे मकवानपुरगढी गाउँपालिका ७ झल्लामा बस्ने ६५ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६३ वर्षीय श्रीमती तुलसा परियारको मृत्यु भएको हो।
उनीहरूलाई सामरी खोलाले बगाएको थियो। उनीहरूको एक किलोमिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए।
‘उहाँहरूको परिवार सम्पर्कमा आउनुभएको छ,’ उनले भने, ‘कहाँ जान लाग्नु भएको थियो भन्ने खुलेको छैन।’ वृद्धदम्पत्तिको शव उठाउने काम भइरहेको उनले बताए।