ललितपुर महानगरपालिकाले झम्सिखेल क्षेत्रमा रहेका होटल, रेष्टुरेन्टमा रहेको मदिराका विज्ञापनको बोर्डमा कालो पाेतिदिएकाे छ।
होटल, रेष्टुरेन्टहरुमा राखेको मदिराका विज्ञापन हटाउने उद्देश्यले ललितपुर महानगरले बोर्डमा कालो पोतेको हो। महानगरलाई स्वस्थ, सफा बनाउन मदिराका बोर्डहरु हटाउने अभियान शुरु गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।
झम्सिखेल क्षेत्रका सबै होटल, रेष्टुरेन्टहरुको प्रवेशद्धारमा मदिराका होडिङ बोर्ड राखिँदै आएको थियो। ललितपुर महानगरले यसअघि कुपन्डोलदेखि कुमारीपाटीसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरेको थियो।
पैदल यात्रुलाई फुटपाथमा हिँड्न दिउँ अभियान शुरु गर्दै महानगरले कुपन्डोलदेखि कुमारीपाटीसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरेको हो।