जाजरकोटका एक कोरोना संक्रमितको सोमबार बाँकेमा मृत्यु भएको छ।
जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ५ गर्खाकोट निवासी ७६ वर्षीया महिलाको अस्पताल नपुग्दै मृत्यु बाटोमै मृत्यु भएको छ।
होम आइसोलेसनबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्नाका लागि लैजाने क्रममा ती महिलाको बाटोमै मृत्यु भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
उनलाई असोज ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन्।
पित्त थैलीको बिरामी समेत रहेकी उनलाई होम-आइसोलेसनबाट अस्पताल लैजाने क्रममा सोमबार दिउँसो सवा २ बजे अस्पताल नजिकै मृत्यु भएको जिल्ला फोकल पर्सन श्रेष्ठले बताए।
योसँगै बाँकेमा कोरोना संक्रमित १४ जनाको मृत्यु भएको छ। त्यसमध्ये बाँकेका ७ जना र बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका थप ७ जना रहेको श्रेष्ठले बताए।