सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पतालमा आइसियूमा उपचाररत् धनगढीकी-१ की ६३ वर्षीया संक्रमित महिलाको सोमबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
उनी श्वासप्रश्वासमा समस्या आएपछि असोज ७ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्।
तर, ती महिलामा १० गते मात्रै कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएको २ दिनपछि आज उनको मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।