कञ्चनपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा सजायको फैसला भएका, फरार २ जना पक्राउ परेका छन्।
जबरजस्ती करणी मुद्दामा २०५९ साल जेठ २५ गतेदेखि फरार रहेका प्रतिवादी बेलौरी नगरपालिका २ बस्ने २७ वर्षीय ज्ञान सिंह राना र सोही प्रकृतिको अर्को मुद्दामा ६ वर्ष कैद फैसला भएका पुनर्वास नगरपालिका ३ बस्ने ३७ वर्षीय जोगी धामी पक्राउ परेका हुन्। उनी २०७३ साउन २३ देखि फरार थिए।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले बुधबार ती प्रतिवादीलाई आफ्नै घर ठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।
उनीहरुलाई कञ्चनपुर जिल्ला अदालत पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको जिप्रका कञ्चनपुरका सूचना अधिकारी डिएसपी अमरबहादुर थापाले बताए।