बझाङमा २५ किलो चरेससहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बुङ्गल नगरपालिका-२ का २५ वर्षीय धनबहादुर धामी र सोही ठाउँकै २८ वर्षीय धनबहादुर धामी छन्।
बिहीबार वित्थडचिर गाउँपालिका-२ लिममा २५ किलो चरेस लुकाएर राखेकोे अवस्थामा दुवै जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए।
उनका अनुसार सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहको टोलीले विशेष सुराकीको आधारमा चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ आइरहेको बेला उनीहरू पक्राउ परेका थिए।
चरेससहित पक्राउ परेका दुबै जनालाई प्रहरी चौकी वित्थडचिरमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए।