प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
असोज १२ गते बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गरेको थियो।
उपरथीमा बढुवा भएसँगै श्रेष्ठ ईन्जिनियरिङ विभागको प्रमुख बनेका छन्।
इन्जिनियरिङ विभागको नेतृत्व प्राविधिक उपरथीले सम्हाल्ने गर्छन्।