कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन्।
लालझाडी गाउँपालिका वडा नम्वर २ का ५५ वर्षीय चन्द्रकान्त लुहारले स्थानीय १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
किशोरीका आफन्तले लुहारले यौन दुर्व्यवहार गरेको उजुरी कार्यालयमा दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।
पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको थापाले बताए।